२०८१ साउन ८ गते मंगलवार | July 23, 2024

गृहपृष्ठ एसीसी यू–१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित

एसीसी यू–१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । दुबईमा आइतबार सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रनमा समेटियो ।

नेपालका ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको इनिङ्स खेलेपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । १ सय ८ बल खेलेका कुमाल ९१ रनमा आउट भए । नेपालका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन बनाए । दीपक बोहरा १५ रनमा आउट हुँदा दीपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जाद्रानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए । नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २–२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलको नाममा एक–एक विकेट रह्यो । नेपालले अब अर्को खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार