२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने

आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने

काठमाडौं, २ माघ। तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ । आज वर्षा र हिमपातको सम्भावना छैन ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार