गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आजको मौसम
मौसम अपडेट : यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । बिहान पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
शनिबार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।





