२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् यी स्थानमा छ आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना ?

मौसम अपडेट : हेर्नुहोस् यी स्थानमा छ आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना ?

काठमाडाैं । आज मुलुकका केही प्रदेशमा वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार