२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् कस्तो रहेको छ आगामी ३ दिनको देशभरको मौसम पुर्वानुमान ?

मौसम अपडेट : हेर्नुहोस् कस्तो रहेको छ आगामी ३ दिनको देशभरको मौसम पुर्वानुमान ?

काठमाडौं । बुधबार बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति प्रदेश १ र बागमतीका का एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।

बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

शुक्रबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार