गृहपृष्ठ आज देशभरको मौसमी अवस्था यस्तो छ
आज देशभरको मौसमी अवस्था यस्तो छ
काठमाडौं । बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ। दिउँसो पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ। शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भू-भागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।