२०८१ असार १ गते शुक्रवार | June 14, 2024

गृहपृष्ठ मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भु-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राती भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानका साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार