गृहपृष्ठ नेप्से परिसूचक आज २.०६ अंकले बढ्यो
नेप्से परिसूचक आज २.०६ अंकले बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्चेञ्ज (नेप्से) लगभग बन्द हुनुभन्दा २ मिनेट अगाडि घटेको नेप्से बजार बन्द हुँदा २.०६ अंकले बढेको छ । आज नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ बिन्दुमा कायम भएको छ। मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार २१४ पटक किनबेच भएको छ ।
आज ३१४ कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर मूल्य बढ्यो भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स १.७७ अंकले, फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले बढेको छ । १३ वटा उपसमूहमध्ये विकास बैंक, लघुवित्त, उत्पादन र अन्य कम्पनीको शेयर बढेको छ भने अन्य ८ समूह घटेको छ ।
आज हिमालयन लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको ८ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख २९ हजार ९७१ कित्ता शेयर कारोबार भएको छ ।