२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबारमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।प्रहरीका अनुसार आइतबार राति गुल्मीदरबार गाउँपालिका–१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका गुल्मीदरबार–१ निवासी धनबहादुर माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार दुर्घटनामा कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएका छन् ।

घाइते २ जनाकै मजुवास्थित सारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार