२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ काभानीसंग गर्यो म्यानचेस्टर युनाइटेडले सम्झौता

काभानीसंग गर्यो म्यानचेस्टर युनाइटेडले सम्झौता

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिनसन काभानीलाई अनुबन्धित गरेको छ । युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो ।

फ्रेन्च  क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकरले युनाइटेडसँग एक वर्षको सम्झौता गरेका छन् । ३३ वर्षीय काभानीले गत जुनको अन्त्यसँगै पीएसजी छाडेका थिए ।

काभानीले क्लब फुटबलमा ५ सय ५६ खेलमा ३ सय ४१ गोल गरेका छन् । पीएसजीका लागि उनले ३ सय १ खेलमा २०० गोल गरेका छन् । उरुग्वेका लागि उनले १ सय १६ खेलमा ५० गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार