गृहपृष्ठ बैतडीमा गाउँपालिका केन्द्रको विषयमा झडप, १४ घाइते
बैतडीमा गाउँपालिका केन्द्रको विषयमा झडप, १४ घाइते
बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर झडप हुँदा गाउँपालिका अध्यक्ष सहित १४ जना घाइते भएका छन्।
सुर्नया खोला वारि र खोला पारि केन्द्र राख्ने बिषयमा गाउँपालिकामा तीन दिन अघि लगाईएको ताला बुधबार अध्यक्षले प्रहरी लगाएर खोल्ने क्रममा सुर्नया गाउँपालिका संघर्ष समितिबीच झडप हुँदा १४ जना घाइते भएका हुन्।
झडपमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट र चार जना प्रहरी घाइते भएका छन्।
यस्तै संघर्ष समितिका ९ जना घाईते भएको जनाईएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनास्थलमा प्रहरी निरीक्षक सहितको थप सुरक्षाकर्मी गईरहेको बताइएको छ।
गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले तालाबन्दी गरेका थिए। गाउँपालिकाले असोज २२ गते केन्द्र सार्ने निर्णय गरेको थियो।












