२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ एसपी केसिले गरे धमाधम तस्कर माथी अप्रेसन : १ कार सहित १५ लाख ५० हजार ३ सय मूल्य बराबरको अवैध मालसामान बरामद

एसपी केसिले गरे धमाधम तस्कर माथी अप्रेसन : १ कार सहित १५ लाख ५० हजार ३ सय मूल्य बराबरको अवैध मालसामान बरामद

प्रहरी प्रमुख एसपी अजय केसिको निर्देशनमा चाड पर्वका लागि बिशेष सतकर्ता अपनाइने भएको छ। दशै नजिकदै गर्दा हुन सक्ने अप्रिय घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनीकरण गर्नका निमित्त समेत पश्चिम् नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले बिशेष सतकर्ता बढाएको हो।त्यसैगरी एसपी केसि कै बिशेष निर्देशनमा प्रहरीले आज अवैध सामान ओसार-पसारमा संलग्न १ कार सहित १५ लाख ५० हजार ३ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दिउँसो १४:३० बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोक स्थितमा बा ६ च ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको हुट , ज्याकेट,टाउजर, सर्ट , पाइन्ट लगायतका बिभिन्न कपडाहरु फेला पारी उक्त गाडी सहित बरामद गरेको छ । उक्त कपडाको अं. मुल्य २ लाख ५७ हजार ४ सय र कारको अं. मुल्य ११ लाख गरी जम्मा अं. १३ लाख ५७ हजार ४ सय मुल्य बराबर रहेको छ । बरामद कपडा र गाडी आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यसैगरी दिउँसो समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको १ लाख २४ हजार २ सय मुल्य बराबरको प्याज, मसुरो, घासको बिउ, तोरीको बिउ लगायतका सामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १० भुताहा चोकबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेका थिए । त्यसैगरी दिउँसो १३:०० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. ६८ हजार ७ सय मुल्य बराबरको पित्तलको दियो, कचौरा,सिल्भरको जग, कालो प्लाष्टिक लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. ०१ झरहि खोलाबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेका थिए । बरामद सम्पुर्ण सामान आजै आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार