गृहपृष्ठ कोरोना भाईरस संक्रमणबाट बच्न हामी आफै सचेत रहनुपर्ने नेता : ललित नारायण महतो
कोरोना भाईरस संक्रमणबाट बच्न हामी आफै सचेत रहनुपर्ने नेता : ललित नारायण महतो
यस वर्ष नेपाल लगायत विश्वका सम्पुर्ण देश हरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको थियो । जनसमुदायमा सामाजिक दुरी काएम गरी चाडपर्व मनाउन युवा नेता ललित नारायण महतोले अनुरोध गरेका छन ।
हिन्दूहरुको महान चाड वडा दशैं दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा जनता समाजबादी पार्टी नेपालका युवा नेता ललित नारायण महतो ले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी ,आमा बुबाहरुमा २०७७ सालको शुभ कामना व्यक्त गरेका छन् ।
नेता महतो निर्वाचन क्षेत्र न.१ को प्रदेश सभा, क ,को उपाध्यक्ष समेत रहेका छन्। नेता महतो सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्। सिरहाको लहान ३ स्थित रहेको हाम्रो कृषि सहकारी संस्था लिमिटेडको संचालक समेत रहेका छन । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई भिडभाड नगरी घरमै बसेर चाड पर्व मनाउन आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन हामी आफै सचेत रहनु पर्ने नेता महतोले बताए।





