गृहपृष्ठ खगेन्द्र बस्यालका नव रसमा ‘बाछिटा’
खगेन्द्र बस्यालका नव रसमा ‘बाछिटा’
श्रृङ्गार रस :-
————
मायाँको
भूमिका भयो
छायाँको
हास्य रस :-
———
मगन्ते
कुशे बाहुन
रतन्धे
करुण रस:-
———
वोइली
चुप रहेन
कोइली
रौद्र रस:-
———-
महिमा
क्रोधले खायो
गरिमा
वीर रस:-
———-
नेपाली
शत्रुको सामु
गोर्खाली
भयानक रस:-
———
काँधमा
बाघका नङ्ग्रा
साँधमा
अद्भुत रस;-
——–
साहुको
देख्दै सम्झना
राहुको
बीभत्स रस:-
———
बाढीमा
समृद्धि सडी
खाडीमा
शान्ति रस:-
———-
नास्तिक
जाने बेलामा
आस्तिक
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही





