२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ गत २४ घण्टामा नेपालमा २ हजार ५ सय ७१ जनामा काेराेना सङ्क्रमण पुस्टि , १ हजार ७ सय ९८ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा २ हजार ५ सय ७१ जनामा काेराेना सङ्क्रमण पुस्टि , १ हजार ७ सय ९८ जना डिस्चार्ज

नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार दुई हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ७७ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार सात सय ९८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ ।

अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय ६७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार