गृहपृष्ठ सकस आइसोलेसन
सकस आइसोलेसन
तपाँईलाई कतै जानुपर्यो भने घरको धारा, बिजुली बत्ती बन्द गरेर जानुपर्छ, गर्न बिर्सनुभयो भने त खेर गैको नि । तर यता नागार्जुन नगरपालिका १ इचङगुमा सर्वाङग सामुदायिक अस्पतालको रानिबन आइसोलेसनमा बसेकाहरुलाई त्यस्तो केही टेन्सन छैन, धारा , बिजुली जति खोलेर छतमा भुईमा जहाँ जता गएपनि केही हुँदैन किनकी यहाँ बत्ति नि हुँदैन, धारामा पानी नि आउँदैन बत्ती पानी नभएपछि सबै टन्टै साफ ।
यो आईसोलेसनमा बिहानै मुस्किलले १०/२० मिनेट पानी आउँछ, त्यस्तै दिन र रातभरीमा सालाखाला ३/४ घण्टा बत्ती आउँदो हो । उता स्वास्थ्य मन्त्रालयले रातदिन साबुनपानीले हात धोएर बस्नुहोस् , साबुनपानीले हात धोए कोरोनाको जोखिम कम गर्न सकिन्छ भनेर भनिरहँदा यता त्यै जोखिमी ज्यान लिएर सञ्चो भएर जाउँला भन्ने आशा लिएर बसेका जनतालाई न्युनतम आधारभुत आवश्यकताको परिपूर्ति नै ख्याल नगरी बिल्डिङभित्र हुलिदिएर मानवले पाउने न्यनतमको पनि न्युनतम सुविधाबाट वञ्चित गरिएको छ।
अझ केही कोठा त झ्यालखाना भन्दा खराब छन भन्दा नि हुन्छ ढुसि जमेको चिसो भुँई त्यसमाथि न झ्याल खोल्न पाईने न त बाहिर त्यै झ्यालबाट आँखा डुलाउन । अझ खानेकुराको त कुरै नगरौँ कुरा गर्यो कुरैको दुख मात्रै छ त्यहाँ । ७ दिन भोकाएकाले मात्र खान सकिने खाना हुन्छ । खानाको नाममा भात सँगै सुँघेर खान पग्ने गरि मात्रै दाल तरकारी पोका बनाएर बिल्डिङको तल्लो तलमा छोडिदिएको हुन्छ । त्यो खाना खायो खाएन, पुग्यो पुगेन त कतै कसैलाई वास्ता सोधखोज समेत छैन नै र रोगसँग लड्पनुपर्ने बेलामा भोकसँग लड्नुपर्ने खालको खाना खाएर दिन गुजारिरहेका छन् बिरामीहरु । बेलुका र बिहानको भातकै भरमा संसारकै घातक भनिएको कोरोनासँग बिरामी लडिरहेको सुन्दा त्यहाँको स्थिति के होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
त्यस्तै देशभरका अन्य आइसोलेसमा डाक्टर र सो सँगै स्वास्थ्यसँग सम्बन्धित व्याक्तिहरुको रहोबरमा विविध स्वास्थ्य अभ्यास र उपचार साथै उत्प्रेरणा मार्फत सहयोग गर्नुपर्ने अवस्थामा त्यहाँका सङक्रमितले न कुनै डाक्टर देखेका छन् न कुनै नर्स, न कुनै निवारणको घरेलु उपाय पाएका छन् न त कुनै सर सल्लाह नै । तल देखि माथिसम्म सङक्रमित भएको ठाउँमा विभिन्न नयाँ र पुराना संक्रमित रहँदा र बाहिर कहिँ कतै भुल्ने उपाय नहुँदा र लाईन, पानी नभएपछि सबै सानो साँघुरो छतमा बस्नुपर्ने बाध्यताले सजिलै फैलिन सक्ने कोरोना नयाँ पुराना सबैमा उत्तिकै रुपमा फैलिने वातावरण समेत पाएको छ। पानी, बिजुली र गुणस्तरहिन खानाकै कारणले त्यहाँका बिरामी झनै बिरामी बन्ने अवस्था सृजित भएको छ ।
बत्ति नहुँदा तातोपानी खाईरहनुपर्ने बिरामीहरु चिसो पनि पिउन बाध्य रहेकोमा समेत व्यवस्थापनले कुनै चासो दिएको देखिँदैन। खाए खा नखाए घिच जस्तो गरि बन्द घरभित्र हुलिदिएपछि त्यहाँ के कति व्यवस्थापन गर्नुपर्ने छ र न्युनतम आवश्यकता परिपुर्ति गर्न नसक्ने ठाउँमा आइसोलेसन सञ्चालन गरिनु नै बिडम्वना बनेको छ। मानिस भएपछि न्युनतम मानविय सुविधा प्राप्त गर्नु पाउनु उसको अधिकारको कुरा समेत हो तर करिब सय भन्दा बढी मानिस भएको ठाउँमा यसरी अपमानजनक व्यवहार सामुहिक रुपमा व्यवस्थापन पक्षबाट भएको संक्रमितले व्यक्त गरेका छन् । सरकारी निकायले प्रयाप्त ध्यान नदिई केन्द्र तोकिँदा बसेका मान्छेले अमानबिय महसुस गर्नुपरिरहेको छ ।
05/25 गतेको सम्झना
काठमाडौं नागार्जुन आइसोलेसनमा बसेका सङक्रमितको भोगाई- कोभिड डायरी।





