२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ कप्तान विराट कोहली र स्टिभ स्मिथलाई पछि पार्दै विलियमसन टेस्ट वरीयताको शीर्ष स्थानमा

कप्तान विराट कोहली र स्टिभ स्मिथलाई पछि पार्दै विलियमसन टेस्ट वरीयताको शीर्ष स्थानमा

भारतीय टोलीका कप्तान विराट कोहली र अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथलाई पछि पार्दै विलियमसन टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लेका हुन् ।

पछिल्लो वरियताका अनुसार कोहली ८ सय ७९ रेटिङ्ग प्वाइन्टसहित दोस्रो र स्मिथ ८ सय ७७ रेटिङ्ग प्लाइन्ट तेस्रो स्थानमा रहेका छन् । शिर्ष स्थानमा उक्लिएका विलियमसनको झिनो अन्तर अर्थात् ८ सय ९० रेटिङ्ग प्वाइन्ट रहेको छ । विलियमसन टेस्ट वरीयताको शीर्ष स्थानमा पहिलो पटक पुग्न सफल भएका हुन् । यसअघि शिर्षस्थानमा स्मिथ र कोहलीको राज थियो । विलियमसनले सन् २०२० मा चार टेष्‍ट म्याच खलेका थिए । उनले यसको चार म्याच खेल्दै ४९८ रन बनाउन सफल भए ।

यस वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गर्न सफल भएका थिए । त्यस्तै, टेष्‍टको बलिङ वरीयतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहँदा अलराउण्डरको शिर्षस्थानमा बेन स्टोक रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार