गृहपृष्ठ म निरास छैन……….
म निरास छैन……….
पार्टी जीवन त्यति सजिलो र सहज हुँदैन,किनकि राजनिती सधैँ सिधा रेखाबाट अगाडि बढ्दैन यो ध्रुव सत्यकुरा हो साथै राजनितीमा कोही पनि स्थाइ शत्रु र मित्रु हुदैन उसका दृष्टिकोण र मुद्दाका आधारमा समर्थन र बिरोध गरिनु पर्दछ।
हिजो जतिबेला अनेरास्ववियुको झण्डा समाइयो त्यो बेला मुलुकको राजनिती सहि थिएन । हामी व्यवस्था परिवर्तनका खातिर त्यो झण्डा उठायौँ र निरन्तर सङ्घर्षमा अगाडि बढ्दा लाठी,धरपकड ,यातना र कष्टडी समेत स्विकार भयो तर दाशता स्विकार भएन जसको परिणाम व्यवस्था परिवर्तन भयो हाल सम्मको जीवन अवधीमा त्यो जत्तिकै खुशी र आनन्दको महशुस गरेको क्षण अब सायदै मिल्ला।त्यसरी सङ्घर्षरत पार्टीको जिवनमा अन्तरसङ्घर्ष त्यतिबेला पनि ठूलै थियो तर नेता कार्यकर्तामा अनुशासन थियो बैचारिक छलफल र बहसमा सबै अब्बल देखिन्थे र निस्कर्षमा पुगिन्थ्यो।
आज पनि त्यो अन्तर सङ्घर्ष यो पार्टीमा छ तर दुख लाग्छ आजको अन्तर सङ्घर्ष वैचारिक नभएर केही थान नेताहरुको पद प्राप्तिका लागि देखा पर्यो जनताका आशा र भरोषाहरु ,चाहनाहरु ,कम्युनिष्ट आन्दोलनका मूल्य र मान्यताहरु ध्वस्त पार्दै ,मेरै गोरुको १२ टक्का भन्दै नेताहरु पदको पछाडी लागि जनता र लाखौँलाख कार्यकर्ताहरु माथी जुन खालको अन्यायहुने वातावरण सिर्जना गरिएको छ यो क्षम्य हुने छैन, अर्को कुरा सङ्गै हिँडेका साथीहरुलाई आज आपसमा भिडाएर कस्को स्वार्थपुर्ति गर्न खोजिएको छ यो त बिस्तारै खुल्दैजानेनै छन् तर अब सबै समाप्तै भए जसरि कुनै मोडमा भेटै नहुने झैँ गरि जसरि नेताहरु एकअर्काको प्रति आरोप प्रत्यारोपमा उत्रिदै स्तरहिन र सुन्न लाज लाग्ने र आफ्नो बिद्धतालाई समेत सडकमा छरपष्ट पार्दैहुनुहुन्छ र कार्यकर्तालाइ भिडाउदै हुनुहुन्छ यो अत्यन्त दुखद छ, फुटाएर राजनैतिक अबसरहरु लिन पल्केकाहरु जो स्वार्थको जोडघटाउ गरिरहेछन् उनिहरुले बुझ्नु पर्छ कि जनतामाथी बिश्वास नगर्नेहरुको अबसरको समयसिमा क्षणिक हुन्छ र पानीका फोका सरि भईजानेछन्।
म निरास छैन ,कम्युनिष्ट आन्दोलन विभिन्न चरणमा टुटफुट,गुट जुट,एकता बिग्रह सबै चरण पार गरि पहिलो शक्तिका रुपमा स्थापित भइ बिश्वसामु सर्वहारा श्रमजीवी वर्गको प्यारो रातो झण्डा उठाउदै क्रान्ति को सन्देश दिदै छ। अहिले केही समस्या देखिए पनि निकट भविष्यमा एउटा त्यस्तो दोबाटो आउनेछ त्योदोबाटोमा सबै प्रगतिशिल शक्ति हरु जुट्दै एउटै मुलबाटो तय हुनेछ ।
लेखक : तुल बहादुर अधिकारी






