२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ जीवन रक्षाका लागि सहयोग गर्न अपिल

जीवन रक्षाका लागि सहयोग गर्न अपिल

कपिलवस्तुको जिनुवा स्थायी घर भएका सागर थारु गत माघ ३ गते देखि जीवन र मरणको अवस्थामा रहेका छन् । भैरहवामा रहेको युनिभर्सल कलेज अफ शिक्षण अस्पतालको आइसियु कक्षमा रहेका थारुको टाउकोमा पानी जमेको र अप्रेसन गर्न २ लाख खर्च  र अन्य औषधी तथा अस्पताल खर्च हुने भनेपछि घरपरिवारले उक्त रकम जुटाउन नसक्दा मृत्युको बाटो रोज्न पुगेका सागर थारुलाई सञ्चारकर्मी पुनहरि बेल्बासेले भेटेपछि २ लाखमा मानिसको ज्यान जान दिननहुने भन्दै सामाजिक सञ्जालबाट विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्न अपिल गरि हाल थारु आइसियु १२ नम्बर बेडमा उपचार भइरहेको छ ।

 

पैसा जुटाउने घरको अवस्था नरहेकोले सबैले सहयोग गरि श्रीमान सागर थारुको रक्षा गरिदिन श्रीमती आशा थारुले आग्रह गरेकी छिन् । मेरो घरमा सानो घरले छाएको घर छ । एउटा छोरा छ, बिहान साँझ काम गरेर जसोतसो जीवन चलाउँदै आएका थियौँ, अहिले श्रीमानलाई रोगले यो अवस्थामा ल्यायो अब म के गरुँ उनले आँसु झार्दै भनिन् ।

@tilottamacitynews

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार