गृहपृष्ठ जीतको उन्मादले ओलीको राजनीतिक भविश्य समाप्त हुन लग्यो : अध्यक्ष माधब कुमार नेपाल
जीतको उन्मादले ओलीको राजनीतिक भविश्य समाप्त हुन लग्यो : अध्यक्ष माधब कुमार नेपाल
तस्बिर : राम अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपि ओली ईतिहासको बिकासको बाधक भएको आरोप लगाउनु भएको छ । प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा आफ्नो पार्टीले बिहिबार बुटवलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपि ओली ईतिहासको बिकासको बाधक भएकै कारण प्रतिगमनको यात्रामा अंगाडी बढेको आरोप लगाउनु भएको हो ।
संसद विघटनले मुलुकलाई पछाडी धकेलेको उल्लेख गर्दै उहाँले पार्टीले अग्रगमनको यात्रा तय गरेपनि प्रधानमन्त्रीले प्रतिगमनको यात्रा तय गरेका कारण आफूहरु आन्दोलनमा होमिएको बताउनु भयो । प्रतिगमनको यात्रामा अंगाडी बढेकै कारण २०६२÷०६३ को जनआन्दोलनले ज्ञानेन्द्रलाई बनबास पढाएजस्तै गरी संसद विघटन गरि प्रतिगमनको यात्रामा अंगाडी बढेका ओलीलाई पनि आन्दोलनको ज्वारभाटाले बगाईदिने उहाँले चेतावनी दिनुभयो ।

तस्बिर : राम अधिकारी
आधिकारिक नेकपा आफूहरुले पाउने दावी गर्दै आफ्नो समुहमा गोलबन्द हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले ०६२÷६३ को आन्दोलनमा समेत ओलीले गोरुगाढा चढेर अमेरिका पुगिन्न भन्ने अभिव्यक्ति दिएको स्मरण गर्नुभयो । अध्यक्ष नेपालले प्रतिगमन बिरुद्धको आन्दोलनमा ओलीको कुनै लगाव नभएको जिकिर गर्दै उहाँले आन्दोलनको अगुवाई समेत नगरेका कारण नेपाली जनताको भावना र चाहना बुझ्ने क्षमता र खुवी समेत ओलीमा नभएको उल्लेख गर्नुभयो । आफ्नो मन्तव्यको पुरै समय ओली बिरुद्ध बोल्नु भएका अध्यक्ष नेपालले ओलीमा पछाडी बसेर अरुको बद्खुवाई र कुरा काट्ने क्षमता मात्रै भएको आरोप लगाउनु भयो ।
अध्यक्ष नेपालले ओलीमा उद्माद बढेको बताउँदै पार्टीको नवौं महाधिवेशनमा जालझेल गरेर १५÷२० भोटले मात्रै जितेको बताउँदै उहाँले केही भोटले मात्रै जितेको बताउँदै जीतको उन्मादले ओलीको राजनीतिक भविश्य समाप्त हुन लागेको पनि बताउनु भयो ।
केपि ओलीको ‘श्री ३ महाराज’ बन्ने सपना अब चुट्कीको भरमा अन्त्य हुन्छ : अध्यक्ष पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि ओली सामन्ती भूमिकाको एजेन्ट भएको आरोप लगाउँदै ओलीको श्री ३ महाराज बन्ने योजना चुट्कीको भरमा अन्त्य गरिदिने चेतावनी दिनुभएको छ ।
प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा आफ्नो पार्टीले बिहिबार बुटवलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले सर्बोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास गर्दै केही महिना भित्रै ओलीको सपना अन्त्य हुने दावी गर्नुभयो । उहाँले अदालतले संसद पुनःस्थापना गरेन भने त्यो भन्दा ठूलो अदालत जनता भएको र जनताको आन्दोलनको बलले संसद पुनःस्थापना गर्ने समेत उल्लेख गर्नुभयो ।

तस्बिर : राम अधिकारी
तीन वर्ष अंगाडी चुनावमा बामपन्थी गठबन्धन र पार्टी एकताले एउटा युगको अन्त्य गरि समृद्धिको युगमा मुलुकलाई प्रवेश गराउने विश्वास गरेको भएपनि ती वर्ष वित्न नपाउँदै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सहमती तोडेर संविधान च्यात्ने काम गरेको आरोप समेत उहाँले लगाउनु भयो ।अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउनकै लागि आधा–आधा प्रधानमन्त्री चलाउने सहमति समेत छोडेर आफूले पुरै ५ वर्ष ओलीलाई प्रधानमन्त्री चलाउन दिएको बताउँदै ओलीले श्री ३ महाराजको सपना देखेर लोकतन्त्र र संविधानको हत्या गर्ने काम गरेको समेत आरोप लगाउनु भयो ।
सन्दर्भ सामग्री सहयोग : lumbinionline.com
यो पनि हेरौ सम्बन्धित भिडियो :





