२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ सशस्त्र प्रहरीकै मिलेमतोमा नवलपरासीमा सामान तस्कर

सशस्त्र प्रहरीकै मिलेमतोमा नवलपरासीमा सामान तस्कर

नवलपरासी स्थित सशस्त्र प्रहरी बलको २६ नम्बर गण को माथिल्लो तहबाट कार्यरत तीन जवानले राज गर्दै आएका छन् । उनीहरु आफ्नो हाकिमलाई समेत नटेरिकन ‘उठाउ धन्दा’मा लिप्त रहेको छ । स्रोतका अनुसार घुमुवाका रुपमा परिचालित सशस्त्र प्रहरी जवान उग्र धोवी, रामु तेली र गजदीश यादवले यहाँ उग्र मच्चाउने काम गरेका छन् । उनीहरु व्यापारी नरेश भट्टको सिफारिसमा चार वर्षदेखि यो क्षेत्रमा घुमुवाको रुपमा रहेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग सेटिङ गरेर व्यापारी भट्टले उनीहरुलाई घुमुवामा सिफारिस गरेको स्रोतको भनाइ छ र स्रोतका अनुसार भट्ट र महानिरीक्षक खनालबीच राम्रो घुलमेल र उठबस छ र त्यसैको फाइदा उठाएर भट्टले २६ नम्बर गणमा सेटिङ मिलाउन सफल भएको छ । सेटिङ गरेमार्फत उनीहरुले भट्टलाई मासिक एकदेखि डेढ लाखसम्म बुझाउने गरेका छन् र साथै, उनीहरुले लत्ताकपडा र खाद्य सामग्रीसमेत उपलब्ध गराउने गरेका छ भने उनीहरुलाई यहाँका हाकिम एसपी महेश अधिकारीले समेत केही गर्न सकेका छैन तथा स्रोत भन्छ, ‘हाकिम साहेब पनि चेपुवामा हुनुुहुन्छ । माथीबाटै सेटिङ भएकाले चुपुवामा पर्नु भएको छ ।’

यसअघि धोवी, तेली र यादव हरपुरस्थित ‘विओपीमा खटिएका थिए । त्यसपछि उनीहरुलाई २६ नम्बर गणमा सरुवा भएर आएका हुन् । त्यसपछि घुमुवाको रुपमा रहेका छन् । उनीहरुले तस्करीहरुलाई समेत सहयोग गर्दै आएको स्रोतको भनाइ छ । उनीहरुसँग मिलेर भारतबाट निर्वाधरुपमा तस्करीहरुले मालसामान तस्करी गर्दै आएका छन् । यतिमात्र नभएर उनीहरु आफ्नै लु१ज २३३४ नम्बरको पिकअप समेत रहेको छ । उक्त पिकअपले काठमाडौंसम्म सामान ढवानी गर्दै आएको छ । साथै, उक्त गणमा सरुवा भएर आएकाहरुलाई मन परेन भने तुरुन्तै अन्य ठाउँ वा काजमा पठाउने गरेका छन् । जनताको सुरक्षामा खट्ने प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले सशस्त्र प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।  दृष्टि बाट

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार