२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ कविता : सम्झना उनको

कविता : सम्झना उनको

 

मेरो मनका भावना

कलमका मसिबाट

पोख्न खोज्दै छु

तिम्रै यादमा

केही शब्द लेख्न खोज्दै छु

 

कुनै लेखक त होईन म

तर आजभोलि लेख्ने भएछु

रातीको त्यो सुन्दर सपनामा

तिमिलाई देख्ने भएछु

 

कहाँ जाउ अब तिम्रो

यादबाट भागि भागि

अरू त सबै पराइ नै छन्

तिमी नै खास छौँ मेरो लागि

 

देख्दा तिमीलाई मेरो नजिक

म केही बोल्न, भन्न सकिन

अथाहा माया गर्छु

तिमिलाई मैले भन्न सकिन

 

प्रत्येक पाइलामा पाइला

मिलाई तिमिसँग हिड्ने रहर

अधुरो रह्यो मैले तिमिलाई

भन्न सकिन

 

निदाउन सक्दिन आजभोलि

खुब आइरहन्छन् तिम्रो याद

कसम एकपटक हुन्छ भन

छोड्ने छैन तिम्रो साथ

 

                शान्ता पौडेल

      सिन्धुपाल्चोक हाल काठमाडौं

यो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार