२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ आज निष्कासन हुँदै हाइड्रोपावरको IPO , कति कित्ता आवेदन दिने ?

आज निष्कासन हुँदै हाइड्रोपावरको IPO , कति कित्ता आवेदन दिने ?

रु रु जलविद्युत परियोजना लिमिटेडले यही  आज  देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

स्थानिय बासिन्दाहरुले यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार