गृहपृष्ठ सशस्त्र प्रहरीद्वारा ३ लाख बराबरको कस्मेटिक सामान पक्राउ
सशस्त्र प्रहरीद्वारा ३ लाख बराबरको कस्मेटिक सामान पक्राउ
पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बल बिओपी भुजहवा ले अवैधरुपमा भारतवाट नेपाल भित्र्याउदै गरेको भारी मात्रामा कस्मेटिक सर सामान नियन्त्रणमा लिएको छन । कस्मेटिक तस्करहरुले भारतवाट अवैध तरिकाले नेपाल भित्रायाउदै गरेको अवस्थामा बिओपि ५०५ भुजहवा नाकाको बिचबाट सशस्त्र प्रहरी बल बिओपी भुजहवाका प्रहरी प्रमुख धनराज बुधाथोकीको कमाण्डमा रहेको टोलीले अवैध रुपमा कस्मेटिक सर समान पक्राउ गरि गरिएको हो ।
त्यसै गरि सशस्त्र प्रहरी बल बिओपी भुजहवा आज सोमबार बिहान बिओपि ५०५ को नाकाबाट बिशेष सूचनाको आधारमा भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा ३ लाख बराबरको कस्मेटिक सर समान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी भुजहवाका प्रहरी प्रमुख धनराज बुधाथोकीले बताउनुभयो । सशस्त्र प्रहरीद्वयले पक्राउ गरेको ३ लाख बराबरको कस्मेटिक सर समान महेशपुर भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरी बल बिओपी भुजहवाका प्रहरी कार्यालयले जनाएको छ।





