२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ आज नेपालमा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

आज नेपालमा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

पछिल्लो चौविस घण्टामा देशभर थप ९४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ७१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभर थप ९४ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । क्वारेनटिनमा ६३ जना रहेका छन् । कोरोना संक्रमणबाट आज थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६्६ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार