२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ परिवार नियोजन बन्ध्याकरण सम्बन्धि तीनदिने शिविर संचालन

परिवार नियोजन बन्ध्याकरण सम्बन्धि तीनदिने शिविर संचालन

जिल्लाको पुर्वी उत्तरी भेगको कोल्टीमा तीन दिने परिवार नियोजन बन्ध्याकरण शिविर संचालन गरिएको छ ल।
दुर्गममा रहेका चार स्थानीय तहका स्थानीयलाई सेवा दिने गरी शिविर संचालन गरिएको हो ।
दुुर्गम क्षेत्रको रुपमा रहेका बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाँउपालिका र जनताको सेवाका लागि कोल्टी प्राथमिक केन्द्रकमा शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना र बुढीनन्दा नगरपालिकाको समन्वयमा उक्त शिविर संचालन गरिएको आयोजकले जनाएको छ ।
बुधबारबाट  सुरु भएको शिविरमा कोल्टी क्षेत्रका धेरै जनाले सेवा लिइसकेको र १४ गते सम्म संचालन गरिने  भएको हो । शिविरमा कम्तीमा दुई सय भन्दा बढी महिला र पुुरुषहरुले सेवा लिन सक्ने बुढीनन्दा नगरपालिका स्वास्थ्य उप संयोजक ओमजगं शाहीले बताएका छन ।
सुनौलो परिवार नेपालको आर्थिक सहयोगमा संचालित सो शिविरमा त्यस क्षेत्रका धेरै भन्दा धेरैलाई सेवा दिन प्रत्यन्न रहने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार