२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ महिला लघुवित्तको आईपीओ बाँडफाँट,३७ हजार ५०० आवेदकलाई पर्यो १० कित्ता, नतिजा यसरी हेर्नुहोस ?

महिला लघुवित्तको आईपीओ बाँडफाँट,३७ हजार ५०० आवेदकलाई पर्यो १० कित्ता, नतिजा यसरी हेर्नुहोस ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते, शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको हो।

 

क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ ।

लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो।

सर्वसाधारणले मेराे शेयरकम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार