२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ यो कस्तो नियम सहजताको लागि निर्मित पुल तरेको पनि २० रुपैयाँ तिर्नुपर्ने

यो कस्तो नियम सहजताको लागि निर्मित पुल तरेको पनि २० रुपैयाँ तिर्नुपर्ने

संघीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे ९५६७ मिटर लामो पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ ।

 

बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति २० रुपैयाँ कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ ।

 

नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए । बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने १० रुपैयाँ कर लाग्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार