२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ आईपीएल- सनराईजर्स हैदराबादलाई हराउँदै चेन्नेई सुपर किंग्स शीर्ष स्थानमा

आईपीएल- सनराईजर्स हैदराबादलाई हराउँदै चेन्नेई सुपर किंग्स शीर्ष स्थानमा

एजेन्सी । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले ।

Image

गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । मोइन अलि १५ रनमा आउट भए ।

सुरेश रैना १७ र रविन्द्र जडेजाले अविजित ७ रन बनाए ।

हैदरावादका राशिद खानले ३ विकेट लिए ।

Image

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । ‘

हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ५७ रनको इनिङ्स खेले ।

केन विलियम्स २६ र केदार जादब १६ रनमा अविजित रहे ।

चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार