२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ काठमाडौं उपत्यकामा पुगे यति धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पुगे यति धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज एकै दिन ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन् ।

शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार २७० छन् । यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा साढे ३५ हजार कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा हाल ३५ हजार ६७८ जना सक्रिय संक्रमित छन् ।

त्यसमा काठमाडौं जिल्लामा २६ हजार ४२६, भक्तपुरमा ३ हजार ५४० र ललितपुरमा ५ हजार ७१२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मृतकको संख्या पनि उच्च रहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८२०, भक्तपुरमा १७२ र ललितपुरमा २३३ संक्रमितको मृत्यु भइसकेको छ । काठमाडौंमा एक लाख १४ हजार ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, भक्तपुरमा ९ हजार ९१४ र ललितपुरमा १७ हजार ८१३ संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार