२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ छोराको श’व सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जीवित भए

छोराको श’व सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जीवित भए

एजेन्सी । कहिलेकाहीँ चमत्कार हुन्छ । आमाको ममतामा ठूलो श’क्ति हुन्छ भनिन्छ, सम्भवतः यो घ’टना त्यस्तै हो । घ’टना २० दिनअघिको हो ।

भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका एक बालकलाई डाक्टरहरुले मृ’त घोषि’त गरेका थिए । त्यसपछि बालकको श’वलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।

भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो ।

आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थियन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।

बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टाइफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृ’त घोषि’त गरिदिए । उनीहरु छोराको श’व लिएर बहादुरगढ फर्किए ।

बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले शव रातभरी राख्नको लागि बरफ र बिहान गाड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको शवमा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले ।छिमेकी सुनिलले बालकको छातीमा हल्का दबाब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गाडे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहतकको एक निजी अस्पताल लगियो ।डाक्टरहरुले बालकको बाँच्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।

अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घाउ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार