२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ युरोकप : चेक रिपब्लिक र क्रोएसियाको बराबरी

युरोकप : चेक रिपब्लिक र क्रोएसियाको बराबरी

एजेन्सी । क्रोएसियाले १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ ।

हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो ।

Image

खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे ।

तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।

यस बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ ।

क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो।

चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार