गृहपृष्ठ आज शनिबार थपिएको संक्रमित संख्या भन्दा निको हुने संक्रमित संख्या दोब्बर
आज शनिबार थपिएको संक्रमित संख्या भन्दा निको हुने संक्रमित संख्या दोब्बर
आज देशभर २ हजार १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७०४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पिअिसार परीक्षण गर्दा १ हजार १७४ र एन्टीजेन परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परिक्षणबाट ६ लाख ३२ हजार ३२६ र एन्टीजेन परीक्षणमा ३१ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर ४ हजार ९१४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ ।









