२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ सिटिजन्स बैंकको वितरणयोग्य नाफा डेढ अर्बभन्दा बढी

सिटिजन्स बैंकको वितरणयोग्य नाफा डेढ अर्बभन्दा बढी

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा डेढ अर्बभन्दा माथि पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.५७ प्रतिशत बढी हो। असार मसान्तसम्ममा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.४० प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३.६६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको चुक्ता पूँजी समीक्षा अवधिमा ३८.३६ प्रतिशत, जगेडा कोष ४०.९२ प्रतिशत, निक्षेप ५८.९२ प्रतिशत र कर्जा ५०.१३ प्रतिशत बढेको छ। बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ५० पैसा बढेर १५ रुपेयाँ ३८ पैसा पुगेको छ। त्यसैगरी, असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपातथ २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार