गृहपृष्ठ दुबईको एक कम्पनीले माग्यो भारी संख्यामा नेपाली कामदार
दुबईको एक कम्पनीले माग्यो भारी संख्यामा नेपाली कामदार
दुबईले माग्यो ४२४ नेपाली कामदार दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Apleona Sam Facilities Management LLC कम्पनिले सेक्युरिटी गार्डका लागी ३७८ पुरुष र ४६ महिला गरी ४२४ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।
कम्तिमा SLC पास साथै अंग्रेजी लेख्न बोल्न, पढ्न सक्ने, ५ फिट ५ इन्च उचाइ भएको, उमेर २२ देखि ४० बर्ष ननाघेको कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ५१ हजार भन्दा बढी रहेको छ । इच्छुक कामदारले AL Secure Manpower Recruitment P.Ltd को कार्यलय सिनामंगलमा भदौ ४ गते अन्तरवार्ता दिनु पर्नेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्नेछ ।





