गृहपृष्ठ मानुषी लघुवित्तको आईपीओमा आवेदनकाे वर्षात् हेर्नुहोस कति पर्यो आबेदन
मानुषी लघुवित्तको आईपीओमा आवेदनकाे वर्षात् हेर्नुहोस कति पर्यो आबेदन
मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर आईपीओमा आवेदनकाे वर्षात् लागेकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार शुक्रबार साँझसम्ममा १८ लाख ५६ हजार ५ सय ५० जना आवेदकहरूले २ करोड ४० लाख ४३ हजार एक सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६५.२२९ गुणा धेरै हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे छ ।
संस्थाको उक्त आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
संस्थाको आईपीओमा आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।





