२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ आज बिहिबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार पुरा विवरण

आज बिहिबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार पुरा विवरण

काठमाडौं,१० भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टेजिन विधिबाट गरी कुल १४ हजार ३७३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये पिसिआर परीक्षणबाट २ हजार ५२ जना र एन्टेजिन परीक्षणबाट ३८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १० हजार ६३८ पुगेको छ ।

यस अवधिमा १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म कुल ७ लाख ५ हजार ८९३ जना निको भइसकेका छन् । हाल कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ ।

२४ घण्टाको अवधिमा सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा ५६१ जना, कास्कीमा २५२ जना, चितवनमा १५३ जना, ललितपुरमा १०६ जना र झापामा १५३ जना थपिएका छन् ।

गत २४ घण्टामा ७० हजार २६ जनामा कोरोना भाइरस विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । हालसम्म ३९ लाख ४९ हजार ५२९ जनाले पूर्ण डोज खोप र ४९ लाख ८६ हजार ८९३ जनाले पहिलो डोज खोप प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार