गृहपृष्ठ हरितालिका तीज : धार्मिक एवं सामाजिक महत्त्व
हरितालिका तीज : धार्मिक एवं सामाजिक महत्त्व
नेपालमा मनाइने एक महत्त्व पुर्ण चाड हो हरितालिका तीज । यो हिन्दु महिलाहरुले मनाउने ठूलो पर्व हो। खासगरी शुक्ल तृतीयाको दिन मनाउने भएकाले तीज भनिएको हो । ” हरिता अलिभीस्”अर्थात् साथीहरुले हरण गरेर लुकाएकाले हरितालिका भनिएको हो ।
पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउ भनेर सानै देखी महादेवकै आरधना गर्थीन् तर उनका पिता हिमालयले नारदको सल्लाह अनुसार भगवान विष्णु सङ्ग विवाह गर्ने निधो गरेपछि पार्वतीलाई उनका साथीले एकान्तमा लगेर लुकाए । पार्वतीले लुकेकै ठाउँमा बालुवाको शिवलिङ्ग बनाई महादेव पति पाउ भन्दै नित्य कठोर व्रत लिई पुजा गर्न थालिन् । महादेव प्रसन्न भई दर्शन दिनु भयो । महादेव तथास्तु भनी वरदान दिनु भए त्यो दिन हरितालिका थियोे । यसरी पार्वतीको महादेव सङ्ग विवाह सम्पन्न भएको थियोे ।
यो पर्वले हिन्दु धर्म,सस्कृति र परम्परा प्रति विशेष झुकाब दिइरहेको पाईन्छ । नेपाली हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृतिलाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेका छन् ।
महिलाहरूले तीजको द्वितीयाको दिन दर खाने र तीजको दिन व्रत बसि महादेवको पुजा गरि दिनभर आफूले भोगेका दुःखसुखका घटना लाई गीतमा उतार्दै नाचेर मनोरञ्जन गर्छन् । तर आजभोलि भने दरका नाममा भोज गर्ने अनि तीजका गीतमा मौलिकता हराउँदै गर्दा तीज विकृत बन्दै गएको छ । यसलाई सुधार्नु पर्ने देखिन्छ ।
यसरी तीज पर्वले समाजको मौलिक अवस्थालाई बिशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्धारा शान्ति समुन्नतिका साथै सार्बभौमिक सपन्न राष्ट्रको निम्ति टेवा पुग्ने खालको हुन पर्दछ । ।अस्तु।
(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन्।)





