गृहपृष्ठ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, आज कति थपिए ?
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो, आज कति थपिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५११ नयाँ संक्रमित थपिएका छन् । १५ हजार १७९ नमूना परीक्षण गर्दा १ हजार ५११ मा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा १ हजार ६८९ संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । आजसम्म देशभर २५ हजार ७७२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





