गृहपृष्ठ हेर्नुहोस पछिल्लो २४ घन्टामा थप १२ जना संक्रमितले ज्यान गुमाउदा, आज थपिए यति संक्रमित
हेर्नुहोस पछिल्लो २४ घन्टामा थप १२ जना संक्रमितले ज्यान गुमाउदा, आज थपिए यति संक्रमित
काठमाडौं,३,असोज । पछिल्लो २४ घण्टामा नेपालभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये २२ हजार ८६४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ४४९ संक्रमित छन् भने ३९० जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर २४८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाइका छन् । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





