गृहपृष्ठ बैरागीको बैराग !
बैरागीको बैराग !
कविता
त्यो फूललाई फूल नसम्झिनु
त्यो मान्छे भित्र मान्छे नदेख्नु
कुनै हुनु र नहुनुमा फरक नपर्नु
एक कला र वास्तविकता हो
…. बैरागीको बैराग !
आफ्नो इच्छाले मर्न पनि पैसा चाहिने दुनियाँमा !
उसले मुर्तिसंग खुशी मागेको यी आखाँले देख्दा ।
एकै छिन म वास्तविकताबाट टाढा पुगे ।
के यिनै हातले बनाएको इश्वरले
यिनै हातले भरिने गरि सम्पत्ति,
खुशी दुनिया दिन्छ त…?
जो खुद सस्तो माटो र फालिएको
फलामले भनेको थियो ।
आज लाग्छ ! हो त्यहि झुटो यथार्थको
बीचबाट निस्किएको थियो, बैरागीको बैराग !
कसैले सजाय पनि मृत्युदण्ड सुनाइदियो ।
मैले सोचे यो कस्तो सजाय हो जो भोग्ने नपर्ने,
सायद न्यायाधीशलाइ थाहा छैन होला,
मृत्यु जन्मेको दोश्रो नाम हो
जो कसैले दिनु र ल्याउनु पर्दैन ….
मैले काम गरेको थिए ! धेरै राम्रो काम,
त्यसैले त…
कसैले दिमाग लुटे …. कसैले शरिर लुटे
…कसैले अस्तित्व मेटाउन खोजे…!
जो… दिमाग नभएका… शरिर नभएका…
अस्तित्व नरहेका…तर …
दौलतको आडमा थोरै नाम रहेका थिए…!
तर अझै पनि
अदालतले मेरो पक्षमा निर्णयमा सुनाएन…
सिधै फाशी दियो ति अस्तित्व बिहिनहरुलाई जो
अरुको अस्तित्व मा जीवित थिए…?
अधुरो न निर्णयको गहिराइमा डुब्न खोज्ने
कसैलाई टुक्राटुक्रा पारेरर्ट बोरामा बोक्नु,
कसैको पानि पिए जस्तै रगत पिउनु,
कसैको मन्त्री पदबाटै निस्कासन गर्नु,
कोहि माइती घर मण्डलामा आन्दोलन गर्नु
कोहि न्याय माग्न न्यायाधीशको मा जानु
उस्तै उस्तै हो !…
देशबारेमा केहि कुनै जानकारी
कमिमा कलाकारको बेइज्जत गर्ने
नेपाली मिडियाले…देशमा भएका समस्याहरु
सरकारका कमजोरीहरु र नेताहरुका उखानहरु
दोहोर्याई तेर्याइ किन देखाउदैनन …?
कसैलाई फासी दिएर समस्या टार्न सकिन्छ भन्ने
पहिला फासी त्यो पिडितलाई दिनु
जो मुक्त हुनेछ बारम्बारको दुखाइबाट
बारम्बारको पुलिस, अदालत,ओकिल, न्यायको ढोका
कुर्नुबाट…
बारम्बार लेनदेन, छलफल, उपदेशबाट…!!!
हे ! अधिकारकर्मीहरु … तिमी कसको अधिकार
… कसको पक्ष र बिपक्षमा लडिरहेका छौ…?





