२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डे बाग्मती प्रदेश मुख्यमन्त्रीमा नियुक्त

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डे बाग्मती प्रदेश मुख्यमन्त्रीमा नियुक्त

बाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका छन् ।

यसैगरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिस अनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी० केन्द्र, नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा ( एमाले ), माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार