२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका तयार,आइतबार सार्वजनिक गर्ने

शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका तयार,आइतबार सार्वजनिक गर्ने

काठमाडौँ । शिक्षक सेवा आयोगले कार्यतालिका तयार भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

आयोगले बिहिबार कार्यतालिका पास गरेको र आइतबारसम्म आयोगको वेबसाईडमा राखिने जनाएको हो ।

आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने कार्यतालिकामा रहेको बताएका छन् ।

केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको बताउदै सबै पाठ्यक्रम छिट्टै आयोगको साइडमा राखिने समेत उनले जानकारी दिए । स्रोत: खबर एजुकेशन

यो पनि पढौ:

उमेर हदको व्यवस्था हटाउन राहत शिक्षकको माग

अनुभव वापतको अंक बढीमा १२ अंक दिने विगतको व्यवस्थालाई यथावत रुपमा कायम गर्न नेपाल राहत शिक्षक समिति धनुषा,महोत्तरी र प्रदेश समिति २ ले माग गरेको छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा प्राप्त गरीरहेको अनुभव वापतको अंक काटिनु राहत शिक्षक माथिको अन्याय भएको भन्दै विगतको व्यवस्थालाई यथावत रुपमा कायम गर्न माग गरेको हो ।

समितिले गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै सरकारले संघीय शिक्षा ऐन ल्याउन नसकेको अवस्थामा शिक्षक सेवा आयोगले लिने परीक्षामा प्राप्त गरिरहेको अनुभव वापतको अंक काटिनु राहत शिक्षक माथिको अन्याय भएको र यस्तो कार्य गरीनु दुखद भएको बताएको छ ।

“पेसा स्थायित्वको लागि संघीय शिक्षा ऐनमा नितिगत व्यवस्था गर्न संघर्षरत रहेको साथै नेपाल राहत शिक्षक केन्द्रीय समिति र शिक्षा मन्त्रालय बिच दुई पटक सम्झौता भएको अवस्थामा यस्ता कार्य गरिनु अत्यन्त दुखद विषय हो,” ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

समितिले संघीय शिक्षा ऐन नल्याएसम्मलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा अनुभव वापतको अंक बढीमा १२ अंक दिने विगतको व्यवस्थालाई यथावत कायम गर्न र उमेर हदको व्यवस्था हटाउन माग गरेको छ । साथै आउने शिक्षा ऐनमा विना विस्थापित राहत शिक्षकलाई स्थायी व्यवस्थापन गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार