गृहपृष्ठ सुपर-१५ रामग्राम कप क्रीकेट प्रतियोगिता २०७८ को समुदघाटन समारोह सम्पन्न
सुपर-१५ रामग्राम कप क्रीकेट प्रतियोगिता २०७८ को समुदघाटन समारोह सम्पन्न
ज्ञानेश्वर सहानी,नवलपरासी,२७ कार्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ परासी को खेल मैदानमा सुपर(१५ रामग्राम कप क्रीकेट प्रतियोगिता-२०७८ को समुदघाटन समारोह सम्पन्न भएको छ ।
रामग्राम नगरपालिकाको आथिक सहयोग तथा स्पोन्सर फिजा एजुकेशन कन्सल्टेन्सी परासी तथा सहयोगी संस्था सिदार्थ पार्क रिजेनसी होटल, एटलस सत्य मगौती र श्रि गणपति टेड्रर्स तथा रामग्राम किड्स क्रीकेट क्लब को आयोजनामा सुपर-१५ रामग्राम कप क्रीकेट प्रतियोगिता-२०७८ सुरुवात गरिएको छ ।

समुदघाटन समारोह कार्यक्रमको आयोजक रामग्राम किड्स क्रीकेट क्लबका अध्यक्ष दिलिप कुर्मीको अध्यक्षता तथा रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा समुदघाटन समारोह कार्यक्रम भएको छ ।
कार्यक्रममा जिल्ला क्रीकेट समिति का अध्यक्ष कृष्ण श्रेष्ठ को विशिष्टअतिथि तथा अवधेश यादव , जिल्ला प्रहरी कार्यालय परासी का असई , शसस्त्र प्रहरी परासी का असई तथा सिनियर क्रीकेट सन्दिप श्रेष्ठ, कृष्ण आचार्य तथा पत्रकार ज्ञानेश्वर सहानी र कृष्णा गिरी तथा कार्यक्रम संचालक दिपक श्रेष्ठ ले गरेको थियो भने दुबै टिमका खेलाडी तथा खेलप्रेमीको उपस्थिति रहेको थियो।






