२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मेयर चौधरीको छोराको पौडी खेल्ने क्रममा मृ’त्यु’

मेयर चौधरीको छोराको पौडी खेल्ने क्रममा मृ’त्यु’

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई आज पुत्रशोक परेको छ ।

मेयर चौधरीको अन्दाजी २५/२६  वर्षिय छोरा मनोज चौधरीको शनिबार पिकनिक गएको र नजिकैको खोलामा मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । चौदण्डीगढी नगरपालिकाको देवधारमा पिकनिक गएकोमा पिकनिकको क्रममा पौडी खेल्दा डुबेका थिए ।

डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको त्रियुगा नगरपालिकाकाका सुचना अधिकृत विश्व जित राईले बताउनुभयो ।

मृतक मनोज भेटेनरी डाक्टर रहेको र निजको मृत्युले अत्यन्तै दुख लागेको समेत राइले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार