गृहपृष्ठ विजय गौतम र शान्ति श्रि परियारको “बैश सापटी” बजारमा (भिडियो सहित)
विजय गौतम र शान्ति श्रि परियारको “बैश सापटी” बजारमा (भिडियो सहित)
सुमन ढकाल, काठमाडौँ। गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन् । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गायक विजय गौतम र शान्ति श्री परियारको आवाजमा नयाँ गित बैश सापटी बजारमा आएको छ।ुबैश सापटीु बोलको गीतलाइ शब्द रचना तथा लय विजय गौतमले गरेका हुन् ।
गीतको भाव गीतको शब्द चयनमा निकै रस रंगसंगै अति मार्मीक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन् । माया प्रेमका कथा मिसिएर बनेको गीतको लयमा निकै माधुर्यता मिसिएको छ।
जहाँ धुन बज्छ त्यहा रमझम हुन्छ । जहाँ शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन् ।
गीतको भिडियो तर्फ अमृत गौतम अन्जली अधिकारीको अभिनय रहेको छ। मौसम हिमालीले भिडियोलाइ निर्देशन गेरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन र कलर गरेका हुन् । गीतको भिडियो आलमदेवी इन्टरटेन्मेन्टको युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो। गीतलाइ सफलताको शुभकामना ।
पुरा भिडियो हेर्नुहोस् :






