गृहपृष्ठ स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
ज्ञानेश्वर सहानी,नवलपरासी,३ माघ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १ मा रहेको परिवार नियोजन संघ नवलपरासीको सभाहलमा नगरबासीको सरोकार स्वच्छ, पारदर्शी, विकासमुखी स्थानीय सरकार भन्ने मुल नाराको साथ ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्यकर्मीहरुलाई समय समयमा क्षमता अभिवृद्धि कार्यक्रम गर्न जरुरी रहेको बताउनु भएको थियो । पश्चिम नवलपरासीमा पहिलो पटक रामग्राम नगरपालिकाले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम हुन लागेको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो।
यस तालिम सञ्चालन पश्चात रामग्राम नगरपालिका भित्र रहेको बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुका लागि पोषणको अवस्था सुधार हुने कुरा समेत नगरप्रमुखले जानकारी गराउनु भएको थियो।
रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरुको लागि निःशुल्क सेवा दिनको लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघ भित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा को हेल्थ असिस्टेन्ट सुरज गौतमले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुँवर, रामग्राम नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डे, जिल्ला स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख ओम प्रकाश पन्थी , जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्स्पेक्टर देवीलाल पौडेल , सुहरा कार्यक्रम परासीका संयोजक कृष्ण गुरुङ, रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य रोशन शाह तथा रामग्राम नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीबाट आउने स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सुक्रौली स्वास्थ्य चौकीका ईन्जार्च बलराम सापकोटाले गर्नुभएको थियो।





