गृहपृष्ठ अब बन्ने नेविसंघ नेतृत्व कस्तो हुनुपर्छ ?
अब बन्ने नेविसंघ नेतृत्व कस्तो हुनुपर्छ ?
अमृत पाण्डेय । २०७८ फाल्गुन ३ गते बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितीको वैठकले नेपाल विद्यार्थि संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितीले विधानमा उल्लेखीत उमेरहदको व्यवस्था गरे अनुरुप गठन गर्ने निर्णय गरेको थियो । २०७५ मा संसोधन भएको नेविसंघको विधानले ३२ वर्षे उमेर हदको व्यवस्था गरेको थियो । नेविसंघको विद्यानको धारा ५ को ५ मा ३२ वर्ष उमेर पुरा भएको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने उल्लेख गरेको छ र यो व्यवस्था १२औं महाधिवेशनबाट लागु हुने पनि भनिएको छ ।
कार्यसम्पादन समितीको वैठकले नेविसंघको संसोधीत विधानलाई लागु गर्ने भने संगै नेपाल विद्यार्थि संघका साथीहरुका बिचमा तरंग उत्पन्न भएको छ । यो विषयलाई लिएर विद्यार्थि नेता संगै कांग्रेस नेताहरु पनि विभाजित देखीएका छन् । एकथरी नेताहरुको तर्क छ , “अब बन्ने तदर्थ समितीमा उमेरहद भन्दा पनि परिपक्क र सक्षम नेतृत्व ल्याउनु पर्छ । ” अहिलेसम्म नेविसंघमा लागेका कतिपय साथीहरुले जिम्मेवारी पाएका छैनन् । उनीहरुको व्यवस्थापनका लागि उमेरहद लगाउन नहुने उनीहरुको तर्क छ ।
संसोधीत विधान १२ औ महाधिवेशनवाट लागु हुने भनिएकाले पार्टीले अहिले तदर्थ समीती गठन गरी सोही समीतीलाई १२ औ महाधिवेशन आयोजना गर्न जिम्मा दिने भनेकोले तदर्थ समीतीमा २०७५ मा संसोधीत विधान आकर्षीत नहुने तर्क नेविसंघका अर्काथरी नेताहरुको छ । नेपाल विद्यार्थि संघमा धेरै नेताले जिवनको उर्वर समय लगानी गरेका छन् । जिवन र योवन त्यसमै समपर्ण गरेका छन् । लामो समय नेविसंघको अधिवेशन नहुदा ती नेताहरु जिम्मेवारी पाउनबाट बन्चीत बनेको अवस्था छ । उनीहरुको समेत व्यवस्थापन गर्दै अगाडी बढ्ने हो भने मात्र सवैलाई पार्टिले न्याय गरेको अनुभुती हुन्छ । विधान अनुरुप अधिवेशनवाट आउने नेतृत्वका लागी उमेर हदको व्यवस्था गर्दा सबैलाई न्याय हुन सक्दछ ।
त्यस पश्चात नियमीत रुपमा २ वर्षमा अधिवेशन हुने हो भने ३२ वर्ष उमेर हद स्वत: लागु हुने अवस्था बन्न सक्छ । नियमीत अधिवेशन भएपछि सबैको पालो आउंछ र क्याम्पस अध्ययन गरीरहेका विद्यार्थी नै नेतृत्वमा आउन सम्भव छ । ईतिहास हेर्ने हो भने नियमित अधिवेशन हुदा ३२ भित्र अध्यक्ष बनेको पाईन्छ । २०२७ मा नेविसंघ स्थापना हुदा विपी कोईराला २४ वर्षमा अध्यक्ष भए । त्यसको एक वर्षपछी २७ वर्षको उमेरमा शेरबहादुर देउवा अध्यक्ष बन्नु भएको थियो । विमलेन्द्र निधी २४ मै अध्यक्ष भएका थिए । नियमीत अधिवेशन भएको खण्डमा अबका अधिवेशनमा यही उमेर समुहका नेताहरु नेतृत्वमा आउने हो ।
अहीले १७ लाख मतदाता नयां आएका छन् । उनीहरुलाई आकर्षीत गर्ने खालको विद्यार्थिको हकहीतमा वोल्न सक्ने र शैक्षक एजेन्डा उठाउन सक्ने युवा विद्यार्थिलाई आकर्षीत गर्ने तथा परीचालीत गर्ने खालको वैचारीक नेतृत्वनै नेविसंघका सदस्यको चाहाना बन्नुपर्छ । निर्वाचन नजिकिदै गर्दा नेविसंघका प्रत्येक सदस्यलाई प्रशिक्षण दिएर नेपाली कांग्रेसका विचार र दृष्टीकोणहरु तथा नेपाली कांग्रेसका विषयमा जनताका बिचमा छरिएका भ्रमहरु चिर्न नेविसंघलाई परीचालन गर्नु पर्ने अवस्था छ । त्यसलाई ध्यानमा राखी अबको नेतृत्व ल्याउनु पर्छ । नेपाल विद्यार्थि संघ भित्र नै धेरै समस्याहरु देखीएका छन् ।
कतीपय कलेज तथा जिल्लामा गुट अनुसारका कमीटीहरु रहेका छन् । विद्यार्थी साथीहरुलाई मिलाउन नसक्ने नेतृत्वका कारण यस्तो अवस्थाको सृजना भएको हो । यो समाधान गर्न सक्ने नेतृत्व आजको आवश्यक्ता हो । त्यो संगै “देशभरिका मावि र कलेजका ईकाई समिती विस्तार गर्न सक्ने योजना भएको विद्यार्थी नेतालाई अबको नेतृत्व सुम्पनुपर्छ ।”









