२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २५ जना निको भएका छन्।

हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार