गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज र भोलि देशभरको मौसम ?
मौसम अपडेट : यस्तो रहनेछ आज र भोलि देशभरको मौसम ?
काठमाडौँ । पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव सामान्य परेको छ । बिहान प्रदेश १ मा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।
मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने ठानिएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।





